विदेशी खेलाडीहरू धमाधम स्वदेश फर्किँदै

काठमाडौं, ३० भदाै । कोरोना महामारीका कारण नेपालमा फुटबल अनिश्चित बनेसँगै विदेशी खेलाडीहरू धमाधम स्वदेश फर्कन थालेका छन् ।

ए डिभिजन लिग विजेता मछिन्द्र क्लबका दुई विदेशी खेलाडीलाई स्वदेश फर्किसकेका छन् भने अर्का एक खेलाडी चाँडै स्वदेश लाग्ने भएका छन् ।

नेपालमा रहेका २३ विदेशी खेलाडीहरूको भिसा सकिएको र नविकरण गर्नुपर्ने भएको कारण पनि खेलाडी स्वदेश फर्कन थालेका हुन् ।

विदेशी खेलाडीका एजेण्टको रूपमा काम गरिरहेका सुगन तन्डुकारले सरकारले नियमअनुसार तत्कालका लागि कर र जरिवाना तिर्न नपर्ने हुँदा नेपालमा बाँकी रहेका २३ खेलाडी स्वदेश फर्कन लागेको जानकारी दिए ।

Loading...