घुर्ने समस्या भएको कोरोना संक्रमितको मृत्यु हुने सम्भावना तीन गुणा बढी : अध्ययन

एजेन्सी, ३० भदौ । निन्द्रामा घुर्ने समस्या भएको व्यक्ति कोरोना भाइरसबाट संक्रमित भइ अस्पतालमा भर्ना भए उनीहरूको ज्यान जाने सम्भावना तीन गुणा बढी हुने अध्ययनले देखाएको छ ।

वारविक विश्वविद्यालयका वैज्ञानिकहरूले निन्द्रामा घुर्ने समस्या र कोरोना भाइरससम्बन्धी १८ अध्ययनहरूको समीक्षा गरेपछि यो निष्कर्ष निकालेका हुन् ।

यस्तो अवस्थाबाट पीडित व्यक्तिहरू जसको घाँटीका मांसपेशीहरू आराम गर्दा र अस्थायी रूपमा सुतेको समयमा हावाको बहाव रुक्दा घुर्ने तथा निल्न समस्या हुने व्यक्तिहरू अस्पतालमा भर्ना हुने वा भाइरसबाट मर्ने बढी जोखिममा छन् ।

यो अवस्था मधुमेह, मोटोपना वा उच्च रक्तचापबाट पीडित व्यक्तिहरूमा सामान्य देखिन्छ । यी स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा कोभिडको संक्रमण हुने जोखिम पनि धेरै हुन्छ ।

घुर्ने समस्याहरू धेरै मधुमेह, मोटोपना वा उच्च रक्तचाप जस्ता समस्याहरूका कारण हुने हुन्छ । जब शरीरका अंगहरू पहिले नै प्रभावित छन्, कोभिडले उनीहरूलाई अझ कडा प्रभाव पार्न सक्ने कुरा आश्चर्यजनक नरहेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

वैज्ञानिकहरू कोभिड १९ बिरामीहरूमा निन्द्रामा घुर्ने समस्याको प्रभावको बारेमा थप अनुसन्धान आवश्यक रहेको बताँउछन् ।

Loading...