प्राधिकरणबाट विदा भए कुलमान

विराटनगर, ३० भदौ । चार वर्षे कार्यकाल पुरा गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले बिदाइ गरेका छन् ।

मंगलबार प्राधिकरणका कर्मचारीले घिसिङको बिदाई गरेका हुन ।

बिदाईका क्रममा भावुक देखिएका कुलमानलाई प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुद्धको मूर्ति उपहार दिएका थिए ।

सो क्रममा बोल्ने बक्ताहरुले घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट भएको बताएका थिए ।

Loading...