सन्दीप आईपीएल खेल्न यूएईमा

एजेन्सी, ३० भदौ । नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न यूएई पुगेका छन् । १३औं संस्करणको आईपीएल खेल्नका लागि उनी सोमबार राति यूएई पुगेका हुन् ।

सन्दीप वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर यूएई पुगेका हुन् । दिल्ली क्यापिटल्सले सन्दीप यूएई आइपुगेको जनाएको छ ।

यसैगरी सन्दीपले सामाजिक सञ्जालमा आफू दिल्ली पुगेर क्वारेन्टाइनमा बसेको बताएका छन् ।

१९ सेप्टेम्बरबाट सुरु हुने आईपीएलमा सन्दीप आवद्ध टोली दिल्लीले किंग्स इलाभेन पञ्जाबसँग २० सेप्टेम्बरमा पहिलो खेल खेल्नेछ । यद्यपि, क्वारेन्टाइनमा बसेका सन्दीले सो खेल गुमाउने सम्भावना छ ।

Loading...