Rumpum Advertisement
Dazzu

भदौको झरीमा जलमग्न विराटनगर (फोटो फिचर)

भदौको झरीमा जलमग्न विराटनगर (फोटो फिचर)

विराटनगर, ३० भदौ । भदौरे झरीका कारण विराटनगरको दक्षिणी क्षेत्र जलमग्न भएको छ । मंगलबार बिहानको रातिबाट परेको वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्र जलमग्न भएको हो ।

विराटनगर महानगरपालिकाले निर्माण गरेको निकास नाला सफा नभएका कारण अधिकांश स्थानमा परेको पानी सडकमै जमेको थियो ।

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित परियोजनाका कारण केही स्थानमा घर भन्दा सडक माथि छ । सडक र नालाका कारण परेकाे पानी निकास नहुँदा दक्षिणी क्षेत्र जलमग्न भएको हो ।