Rumpum Advertisement

शुक्र ग्रहमा जीवन रहेको संकेत

शुक्र ग्रहमा जीवन रहेको संकेत

विराटनगर, ३० भदौ । शुक्र ग्रहमा जीवन भएको संकेत देखिएको छ । शुक्र ग्रहको वायुमण्डलमा फस्फिन नामक ग्यास भेटिएको कारण त्यहाँ जीवन भएको संकेत भेटिएको खगोल शास्त्रीहरूले बताएका छन् ।

फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको फस्फिन ग्यासलाई माइक्रो ब्याक्टेरियाहरूले अक्सिजनको अनुपस्थितीमा उत्सर्जित गराउँछ । यसकारण शुक्र ग्रहको बादलमा केही सूक्ष्म जीव तैरिरहेको हुनसक्ने सम्भावना रहेको बताइएको छ ।

पेन्गुइनको पेटमा पाइने सूक्ष्म जीवसँग जोडिएको फस्फिनलाई कारखानामा पनि बनाउन सकिन्छ । तर शुक्र ग्रहमा कारखाना र पेन्गुइन नभएको हुदा शुक्र ग्रहको ५० किलोमिटर माथि ग्यास कसरी आयो भन्ने बेलायतको कार्डिफ युनिर्भिटीका प्राध्यापक जेन ग्रिव्स र उनको टिमले अध्ययन गरिरहेको छ ।

नेचर एस्ट्रोनोमी नामको जर्नलमा प्रकाशित रिपोर्ट अनुसार शुक्र ग्रहमा कार्बनडाइअक्साइडले समृद्ध भएको वातावरणको बाक्लो तह छ । यहाँको वातावरणमा ९६ प्रतिशत कार्बनडाइअक्साइड छ । यस ग्रहको वातावरणीय दबाव पृथ्वीको भन्दा ९० गुणा भन्दा बढी छ ।

सतहको तापक्रम ४०० डिग्री सेल्सियस भन्दा बढी छ । शुक्र ग्रहमा केहि कुरा राखेको केही सेकेन्डमा उम्लन सुरू हुन्छ । यदि शुक्रमा जीवन भएमा त्यहाँबाट ५० किलोमिटर माथी मात्र भेट्ने आशा गरिएको छ । उनीहरूले यो सम्भावनाबारे थप पत्ता लगाउनुपर्ने बताएका छन् ।