कमल खत्रीको नयाँ गीत ‘पानी पिउने बहानामा’ (भिडियाेसहित)

विराटनगर, ३० भदौ । चर्चित गायक कमल खत्रीको नयाँ गीत सार्वजनिक भएको छ । ‘पानी पिउने बहानामा भट्न आएको’ बोलको गीत कमलकै युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

योर स्टाइल प्रोडक्सनको प्रस्तुति रहेको गीतमा सुमन योञ्जनको शब्द छ । गायक खत्री कै सङ्गीत रहेको गीतमा रिकेश गुरुङले संगीत संयोजन तथा मिक्सिङ गरेका हुन् ।

सार्वजनिक म्युजिक भिडियोमा गायक खत्रीका साथै रियाशा दाहाल, दीपक घिमिरे र विशाल रेग्मीको प्रस्तुति रहेको छ ।

नितीन चन्दले निर्देशन तथा सम्पादनमा तयार भएको गीतको भिडियोमा प्रेम गर्ने बहानामा दुख दिने दुई युवालाई रियाशाले आफ्ना साथी तथा प्रेमीको सहायताले पाठ सिकाएकी छिन् । विशाल महराको कोरियोग्राफी रहेको भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् ।

Loading...