प्रिमियर लिग : सेफिल्डमाथि वुल्भसको जित

एजेन्सी, ३० भदौ । इंग्लिस प्रिमियर लिगमा वुल्भसले सुखद सुरुआत गरेको छ । सोमबार राति भएको खेलमा सेफिल्ड युनाइटेडमाथि २–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको हो ।

सेफिल्डको मैदानमा भएको खेलमा वुल्भसलाई जिताउन राउल जिमेनेज र रोमन साइसले समान एक–एक गोल गरे । वुल्भसले खेलकाे पहिलाे हाफमै २ गोल गरी जित निकालेकाे हाे ।

जिमेनेजले खेलको तेस्रो मिनेटमा गोल गर्दै वुल्भसलाई सुरुआती अग्रता दिलाएका थिए । छैटौं मिनेटमा साइसले गोल गरेपछि वुल्भसले २–० गोलको जित निकालेको हो ।

जितसँगै वुल्भसले ३ अंक जोडेको छ ।

Loading...