Rumpum

Rumpum Advertisement

जर्मन कप : डर्टमुण्डको फराकिलो जित, बेलिंघमको डेब्यू गोल

जर्मन कप : डर्टमुण्डको फराकिलो जित, बेलिंघमको डेब्यू गोल

एजेन्सी, ३० भदौ । बोरुसिया डर्टमुण्डले जर्मन कपको पहिलो चरणको खेलमा फराकिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा डर्टमुण्डले एमएसभी डुइसबर्गलाई ५–० गोलले पराजित गरेको हो ।

डुइसबर्गको मैदानमा भएको खेलमा डर्टमुण्डलाई जिताउन जाडोन सान्चो, जुडे बेलिंघम, थोर्गान हाजार्ड, जियोभानी रेना र मार्को रेउसले समान एक–एक गोल गरे ।

डर्टमुण्डले सान्चोको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको १४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सान्चोले डर्टमुण्डलाई अग्रता दिलाएका थिए ।

३०औं मिनेटमा यसै समर ट्रान्सफरमा डर्टमुण्ड आएका बेलिंघमले डेब्यू गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ३८औं मिनेटमा डोमिनिक भोल्कमरले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित बनेको थियो । त्यसको फाइदा उठाउँदै हाजार्डले गोल गर्दै डर्टमुण्डको अग्रता तेब्बर बनाए ।

खेलको ५०औं मिनेटमा रेनाले र ५८औं मिनेटमा रेउसले गोल गरेपछि डर्टमुण्डले ५–० गोलको फराकिलो जित निकाल्यो ।