चेल्सीको सुखद सुरुआत

एजेन्सी, ३० भदौ । चेल्सीले नयाँ सिजनको इंग्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेका छ । सोमबार राति आफ्नो पहिलो खेल खेलेको चेल्सीले ब्राइटनमाथि ३–१ गोलको सहज जित निकाल्दै सुखद सुरुआत गरेको हो ।

ब्राइटनको मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन जोर्गिन्हो, रीस जेम्स र कुर्ट जौमाले समान एक–एक गोल गरे । ब्राइटनका लेयन्द्रो ट्रोसार्डले एक गोल गरे ।

चेल्सीले जोर्गिन्होको गोलमा सुरुआती अग्रता बनाएको थियो । २३औं मिनेटमा उनले पेनाल्टीमा गोल गर्दै पहिलो हाफभरि चेल्सीलाई अग्रता दिलाएका थिए ।

५४औं मिनेटमा ब्राइटनका ट्रोसार्डले गोल गरेपछि खेल बराबरीको अवस्थामा आयो । त्यसको दुई मिनेट नबित्दै जेम्सले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए ।

खेलको ६६औं मिनेटमा जौमाले गोल गरेपछि चेल्सीले ३–१ गोलको जित निकालेको हो ।

जितसँगै चेल्सीले ३ अंक बटुलेको छ ।

Loading...