प्रदेश १ का केही स्थानमा भारी वर्षा

विराटनगर, ३० भदौ । प्रदेश १ का केही स्थानमा मंगलबार भारी वर्षा भइरहेको छ ।

रातिबाटै मेघगर्जन र चट्याङ्गसहित मोरङ, सुनसरी, झापा लगायत तराई र पहाडी जिल्लामा भारी वर्षा भइरहेको हो । मंगलबार दिनभर प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मुलुकका अधिकांश स्थानमा मौसममा सामान्य बदली रही दिनभर वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनेभन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ रहेको मौसमविद्ले बताएका छन् ।

Loading...