नेपालमा यी जिल्लामा छैन कोरोना

विराटनगर, ३० भदौ । नेपालमा सातवटा जिल्लामा कोरोना भाइरसको संक्रमण शून्य छ ।

संक्रमणमुक्त जिल्लामा प्रदेश १ को सोलुखुम्बु पनि परेको छ । संक्रमित शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका हुुन् ।

पाँच सयभन्दामाथि संक्रमित उपचाररत रहेको जिल्ला सातवटा छन् । पाँच सयभन्दामाथि सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही छन् । नेपालमा हालसम्म कोराना संक्रमितको संख्या ५५ हजार तीन सय २९ पुगेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...