भारतमा संक्रमित संख्या ५० लाख नजिक

विराटनगर, ३० भदौ । संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ ।

एकै दिन ८१ हजार नौ सय ११ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ४९ लाख २६ हजार नौ सय १४ पुगेको वाल्डो मिटरले जनाएको छ । हालसम्म भारतमा ८० हजार आठ सय आठ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार ५४ जनाले ज्यान गुमाए ।

३८ लाख ५६ हजार दुई सय ४६ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । नौ लाख ८९ हजार आठ सय ६० जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

हालसम्म संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित संख्या ६७ लाख ४८ हजार आठ सय ६१ पुगेको छ । एक लाख ९८ हजार नौ सय ७४ जनाको मृत्यु भइसकेको छ ।

४० लाख २७ हजार दुई सय ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २५ लाख २२ हजार छ सय ५० जना उपचाररत रहेकोमा १४ हजार एक सय चार जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ लाख ४९ हजार पाँच सय ४४ पुगेको छ । संक्रमितमध्ये एक लाख ३२ हजार एक सय १७ जनाको मृत्यु भइसकेको छ ।

३६ लाख १३ हजार एक सय ८४ जना उपचारपछि कोरोना पराजित गर्न सफल भएका छन् । छ लाख चार हजार दुई सय ४३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको स्वास्थ्य अवस्था खराब छ ।

विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार छ सय ९५ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या दुई करोड ९४ लाख ३३ हजार सात सय १४ पुगेको छ । कोरोना संक्रमित नौ लाख ३२ हजार तीन सय ९६ जनाको मृत्यु भइसकेको छ । एकै दिन चार हजार तीन सय २६ जनाले ज्यान गुमाए ।

दुई करोड १२ लाख ६८ हजार एक सय ४३ जनाले उपचारपछि कोरोना जितेका छन् । ७२ लाख ३३ हजार एक सय ७५ जना उपचाररत रहेकोमा ६० हजार छ सय ९६ जनाको अवस्था गम्भीर छ ।

Loading...