बीपीका उपकुलपतिलाई कोरोना संक्रमण

बीपीका उपकुलपतिलाई कोरोना संक्रमण

धरान, २९ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण भएको छ । सोमबार उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा रहेका छन् । कोरोना संक्रमण भए पनि आफूमा कुनै लक्षण नदेखिएको उनले जनाएका छन् ।

‘म लक्षणविहीन अवस्थामा होम आइसोलेशनमा बसेको छु । मेरो सम्पर्कमा आउनु भएका सम्पूर्ण महानुभावहरुलाई आफ्नो परीक्षण गरेर सजगता अपनाउनु हुन अनुरोध गर्दछु,’ उनले भनेका छन् ।