डर्टमुण्डले आजबाट जर्मन कप थाल्दै

एजेन्सी, २९ भदौ । बोरुसिया डर्टमुण्डले आजबाट जर्मन कप थाल्दैछ । नेपाली समयानुसार राति १२ः३० बजेबाट सुरु हुने खेलमा डर्टमुण्डले एमएसभी डुइसबर्गसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो चरणअन्तर्गतको सो खेल डुइसबर्गको मैदानमा हुनेछ । जहाँ, दुवै टोली एक–अर्कालाई हराउने योजनाका साथ मैदान उत्रिनेछन् । अघिल्लो संस्करणमा भने डर्टमुण्ड क्वार्टरफाइनल नै नपुगी बाहिरिएको थियो ।

यस खेलमा डर्टमुण्डले स्टार खेलाडीहरू जाडोन सान्चो र इयर्लिङ हालाण्डलाई मैदान उतार्ने सम्भावना रहेको छ ।

Loading...