देशभर १०२ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ भदौ । नेपाल पत्रकार महासंघले देशभरि हालसम्म १०२ जना पत्रकारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ का पत्रकार रहेका छन् । सो प्रदेशमा २८ जना पत्रकारमा कोरोना पुष्टि भएको छ ।

प्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश नंं ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको महासंघका सचिव प्रकाश थापाले जानकारी दिए ।

संक्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेका छन् । कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकारमा बढी संक्रमण देखिएको छ ।

महासंघका महासचिव रमेश विष्टले संक्रमित भएर आइसोलेशनमा बस्दा पनि पत्रकारले कामलाई भने निरन्तरता दिएको बताए ।

Loading...