असोज ५ गतेबाट लामो दूरीका यातायात र आन्तरिक हवाई उडान खुला गर्ने सरकारको निर्णय

काठमाडाैं, २९ भदौ । सरकारले लामाे दूरीका यातायात र आन्तरिक हवाई उडान ५ असोजबाट खुला गर्ने निर्णय गरेको छ ।

सोमबार बसेकाे मन्त्रिपरिषद्को बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात ५ असोजदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।

Loading...