वामदेवलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सरकारको सिफारिस

काठमाडौं, २९ भदौ । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने भएको छ ।

सोमबार बसकेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

१८ भदौमा बसेको नेकपा सचिवालय बैठकले गौतमको नाम सिफारिस गरेको थियो । राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस एक जना सांसदको स्थान गत २० फागुनदेखि खाली छ ।

Loading...