Rumpum

Rumpum Advertisement

राहत शिक्षक समितिको ध्यानाकर्षण

राहत शिक्षक समितिको ध्यानाकर्षण

विराटनगर, २९ भदौ । कोरोना महामारीका कारण विद्यालय बन्द भएको अवस्थामा शिक्षक दरबन्दी मिलानको काम अघि नबढाउन आग्रह गरेको छ ।

सोमबार बुढीगंगा गाउँपालिकामा ध्यानाकर्षण गराउँदै राहत शिक्षक समितिले राहत शिक्षकको समस्या सामधान नभएसम्म दरबन्दी मिलान नगर्न आग्रह गरेको हो ।

दरबन्दी मिलान बैज्ञानिक र कानुनी प्रक्रियाबाट हुनुपर्ने बताउँदै नेपाल राहत शिक्षक समिति बुढीगंगा गाउँपालिका अध्यक्ष हेमनारायण मण्डलले गाउँपालिका शिक्षक शाखामा ज्ञापनपत्र बुझाएको बताए ।

नेपाल राहत शिक्षक समितिले दरबन्दी मिलान विरुद्ध देशभर आन्दोलन गरिरहेको छ । समितिमा ४० हजार सदस्य छन् ।