नेपालमा एसिड पीडितका लागि नयाँ कानुन बन्दै, अमिताभ बच्चनले गरे प्रशंसा

विराटनगर, २९ भदौ । एसिड आक्रमण गर्नेका लागि कडा कानुन ल्याउने नेपाल सरकारकाे निर्णयकाे बलिउड अभिनेता अमिताभ बच्चनले स्वागत गरेका छन् ।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण कारीलाई कडा कारवाही हुने गरी छुट्टै ऐन निर्माण गर्ने बताएका थिए ।

बच्चनले अभियन्ता उज्जवल थापाको प्रशंसा गर्दै नेपाललाई नयाँ कानुन ल्याउन लागेकोमा बधाई दिएका हुन । सोमवार सामाजिक सञ्जाल ट्वीटरमा एसिड पीडितका लागि थापाले गरेको पहलको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका घटनाहरूमा परेका १२ जनासँगको छलफल पछि अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न नयाँ कानुन बनाउने बताएका थिए ।

https://twitter.com/SrBachchan/status/1305448878125309955
Loading...