वीरगञ्जमा एकै दिन १६९ कोरोना संक्रमित निको भए

वीरगञ्ज, २९ भदौ । वीरगञ्जबाट पछिल्लो २४ घण्टायता थप १६९ कोरोना संक्रमित निको भइ घर फर्किएका छन् ।

वीरगञ्जका विभिन्न अस्पतालको आइसोलेशन, होमआइसोलेशन, सामुदायिक आइसोलेशनमा उपचाररत रहेका संक्रमितहरूमध्ये १६९ जना निको भइ घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

१८ सय ९९ पुरुष र ५ सय ५२ महिला गरी पर्सामा २ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी वीरगञ्जमा कोरोनामुक्त भइ घर फर्किनेको संख्या १८ सय ३३ जना पुगेको छ । वीरगञ्जमा आजसम्म ४२ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

Loading...