कोरोना बीमामा नयाँ मापदण्ड, संक्रमितलाई २५ हजार मात्र दिइने

काठमाडौं, २९ भदौ । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ । अब, नयाँ बीमितलाई कोरोना संक्रमण पुष्टि भएमा २५ हजार मात्र दिइने भएको छ ।

संशोधित मापदण्डअनुसार आइसोलेशनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ हजारसम्म दिइने भएको छ ।

यसअघि बीमांक बराबरकै पैसा दिने व्यवस्थालाई २५ प्रतिशतमात्रै दिने व्यवस्था गरिएको हो । साथै ७५ हजार रुपैयाँबराबरको स्वास्थ्य सुविधा पाइनेछ ।

२८ भदौसम्म कोरोना बीमा गरेकाहरूमा भने नयाँ मापदण्ड लागू नहुने बीमा संस्थानले जनाएको छ । २८ भदौसम्म बीमा गरेकाहरूलाई संक्रमण पुष्टि भएमा एक लाख रुपैयाँ दिइनेछ ।

Loading...