विराटनगर, २९ भदौ । नायिका नीता ढुंगानाले ‘श्रीमद्भगवत गीता’ नाममा वेब सिरिज बनाउने घोषणा गरेकी छन् ।
आफ्नो जन्मदिनको अवसर पारेर नीताले अर्जुन र श्रीकृष्णको संवादवरिपरि रहेर वेब सिरिज बनाउन लागेको जानकारी दिएकी हुन् ।

पौराणिक भेषमा प्रस्तुत गरिने सिरिजलाई आधुनिक शैलीमा निर्माण गरिनेछ ।
युट्युब र टेलिभिजनमा प्रशारण हुने करिब ४० भागको यो वेब सिरिजलाई नीता आफैंले निर्माण तथा निर्देशन गर्ने भएकी हुन् ।
फिल्मकै शैलीमा निर्माण हुने सिरिजको हरेक भाग झण्डै २५ मिनेट लामो हुनेछ ।
२ करोडको बजेटमा निर्माण हुने सिरिजमा रामजी लामिछानेको कोरियोग्राफी, सञ्जय लामाको छायांकन र वनिष शाहको सम्पादन रहनेछ ।
सिरिजमा ४ जना पात्र हुने बताइएपनि कलाकारको नाम भने सार्वजनिक गरिएको छैन ।
सेट तयार गर्न नै समय लाग्ने कारण २ महिनापछि मात्र सिरिजको छायांकन सुरु गरिने छ । सिरिजबाट नाफाको ७० प्रतिशत सामाजिक काममा खर्च गरिने नीताले बताएकी छन् ।