बार्सिलोना जाने काभानीको इच्छा

एजेन्सी, २९ भदौ । उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीले स्पेनिस क्लब बार्सिलोना जाने इच्छा देखाएका छन् ।

‘स्पोर्ट्स’ मिडियाका अनुसार स्पेनको शीर्ष डिभिजन लिग खेल्ने मनसायका साथ काभानीले बार्सिलोनामा फोन गरेका थिए ।

३३ वर्षीय काभानीले यसै जुनमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) छोडेका थिए । इटालियन क्लब नापोलीबाट सन् २०१३ मा ६४ मिलियन युरोमा पेरिस आएका उनले सात वर्षे पीएसजी बसाइ अन्त्य गरेका थिए । लामो समय लिग वान खेलेका उनी हाल क्लबविहीन छन् ।

उनी केही समयअघि पोर्चुगिज क्लब बेन्फिकासँग जोडिएका थिए । तथापि, उनीहरूबीच कुरा नमिलेको बताइएको छ ।

अब भने उनले बार्सिलोना सर्ने मनसाय बनाएको बताइएको छ । बार्सिलोनाले लुइस स्वारेजको विकल्प खोजिरहेको बताइन्छ ।

सोही मौकाको फाइदा उठाउँदै राष्ट्रिय टोलीका सहकर्मी स्वारेजको स्थानमा जाने काभानीको मनसाय रहेको बताइएको छ ।

Loading...