कोरोनाबाट सोमबार थप १५ जनाको मृत्यु

विराटनगर, २९ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टायता थप ११ सय ७० जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितकाे संख्या ५५ हजार ३२९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । सोमबार थप ८७९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Loading...