सोमबार थप ११ सय ७० जनाको कोरोना रिपोर्ट पोजिटिभ

विराटनगर, २९ भदौ । नेपालमा पछिल्लो २४ घण्टायता थप ११ सय ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न ३९ प्रयोगशालामा गरिएको १० हजार ८७८ जनाको परीक्षणमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

सोमबार थप १५ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ३६० पुगेकाे छ ।

Loading...