Rumpum

Rumpum Advertisement

थप ८७९ जना कोरोनामुक्त हुँदै घर फर्किए

थप ८७९ जना कोरोनामुक्त हुँदै घर फर्किए

विराटनगर, २९ भदौ । नेपालमा सोमबार थप ८७९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ८७९ जना कोरोना संक्रमणबाट निको हुँदै घर फर्किएको जानकारी दिएको छ ।

यससँगै कोरोनामुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ ।

पछिल्लो २४ घण्टायता थप ११ सय ७० जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितकाे संख्या ५५ हजार ३२९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।

सोमबार थप १५ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ३६० पुगेकाे छ ।