Rumpum

Rumpum Advertisement

मोरङमा ५५ सहित प्रदेशमा थपिए ८७ संक्रमित थपिए

मोरङमा ५५ सहित प्रदेशमा थपिए ८७ संक्रमित थपिए

विराटनगर, २९ भदौ । मोरङमा ५५ सहित प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८२९ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इनरुवामा १ महिला १३ पुरुष, धरानमा २ महिला २ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ ।

झापाको कमलगाउँपालिकामा १ महिला १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्यूरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४८३ जनाको पीसीआर परीक्षण भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ लाख ९ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।