डोमिनिक थाइमलाई यूएस ओपनको उपाधि

एजेन्सी, २९ भदौ । अस्ट्रियाका डोमिनिक थाइमले अमेरिकी ओपनको यस वर्षको उपाधि जितेका छन् । सोमबार भएको फाइनलमा जर्मनीका अलेक्जेन्डर जेरेफलाई पराजित गर्दै उनले उपाधि जितेका हुन् ।

न्यूयोर्कमा पहिलो दुई सेट लगातार हारेर निराश भइसकेका थाइमले अन्तिम सेटको ट्राइबेकरमा जेरेफलाई हराएका हुन् । दर्शकविना आर्थर एश रंगशालामा भएको यस प्रतिस्पर्धामा थाइमले जेरेफलाई २–६, ४–६, ६–४, ६–३, ७–६ (६) ले पराजित गरे ।

यो उनको पहिलो ग्रान्डस्लाम उपाधि हो । झण्डै चार घण्टा २ मिनेट चलेको यस प्रतियोगिताको अन्त्यतिर दुवै खेलाडी खुट्टा बाउँडिने र शिथिल देखिएका थिए ।

अस्ट्रियाका २७ वर्षीय थाइमले प्रतियोगिता सकिएपछि प्रतिक्रिया दिँदै आफूमा शरीरभन्दा पनि प्रतियोगिता जित्छु भन्ने आत्मविश्वास बढेको बताए ।

सन् १९९० को दशकमा पुरुष एकलतर्फ बोरिस बेकरपछि अमेरिकी ग्रान्डस्लामको खोजीमा रहेको जर्मनीलाई पहिलो ग्रान्डस्लाम उपाधि दिलाउने धोको पूरा गर्न नपाएको जेरेभले बताए ।
‘म अहिले भर्खर २३ वर्षको भएँ, सायद यो उपाधि म अवश्य जित्नेछु’, जेरेभले भने ।

Loading...