विराटनगर, २९ भदौ । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनको कोभिड १९ परीक्षणको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिएका हुन् ।
उनले परीक्षणका लागि आइतबार स्वाब दिएका थिए । कोरोना देखिएपछि अहिले उनी सोल्टी होटेलमा आइसोलेशनमा बसेका छन् ।
क्याप्टेन लामा दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर फर्किएका थिए ।
क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् ।
दुवै जना सोल्टीको आइसोलेशनमा रहेको कम्पनीले जनाएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उद्धार उडान सुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टी होटलको क्वारेन्टाइनमा राख्दै आएको छ ।