Rumpum

Rumpum Advertisement

कोरोना संक्रमित महिलाबाट आइसोलेशनमा स्वस्थ बच्चा जन्मियो

कोरोना संक्रमित महिलाबाट आइसोलेशनमा स्वस्थ बच्चा जन्मियो

ओखलढुंगा, २९ भदौ । ओखलढुंगाामा कोरोना संक्रमित एक महिलाले नवजात स्वस्थ शिशुलाई जन्म दिएकी छन् । कोरोना संक्रमण भएपछि ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेशनमा बसेकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी हुन् ।

कोरोना संक्रमित महिलाले स्वस्थ शिशु जन्माएको ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक युवराज आचार्यले बताए । आमालाई आइतबार संक्रमण पुष्टि भए पनि जन्मिएको शिशु स्वस्थ रहेको उनको भनाइ छ ।

अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको उनले बताए । नर्मल डेलिभरी भएकाले अपरेसन गर्नु नपर्दा थप जोखिम नभएको उनको भनाई छ । अस्पतालले संक्रमित सुत्केरीको नाम भने सार्वजनिक गरेको छैन ।