Rumpum

Rumpum Advertisement

विराटनगरका मेयर पराजुली क्वारेन्टाइनमा

विराटनगरका मेयर पराजुली क्वारेन्टाइनमा

विराटनगर, २९ भदौ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल र पराजुलीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टाइनमा बसेका हुन ।

प्रमुख प्रशासकिय अधिकृत पोखरेललाई आइतबार र मेयर पराजुलीका सवारी चालकलाई सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘हिजो (आइतबार) देखि जैन भवन क्वारेन्टाइनमा बसेको छु ।’ पराजुलीले भने ‘ संक्रमितको क्लोज कन्ट्याकमा भएकाले केही दिन सेल्फ क्वारेन्टाइनमा बसेर पीसीआर जाँच गर्छु ।’