birat ribon

दुर्घटनामा परेका ललितको हात र खुट्टाको चोट गम्भीर, ग्रान्डी अस्पतालमा उपचार हुने

Neuro
दुर्घटनामा परेका ललितको हात र खुट्टाको चोट गम्भीर, ग्रान्डी अस्पतालमा उपचार हुने

काठमाडौं, २९ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको उपचार काठमाडौंस्थित ग्रान्डी अस्पतालमा हुने भएको छ ।

Padelux insider
cura insider

आइतबार राति ८ बजेतिर मोटरसाइकल दुर्घटनामा परेका उनको उपचार ग्रान्डीमा हुने नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले जानकारी दिएका छन् ।

‘मोटरसाइकल दुर्घटना परी घाइते भइ धनगढीमा सामान्य उपचारपश्चात नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरी थप उपचारको लागि आज सिम्रिक एयरबाट काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरी थप उपचार हुने सम्पूर्णमा जानकारी दिन चाहन्छु’, ज्ञानेन्द्रले सामाजिक सञ्जालमा लेखेका छन् ।

पूर्वपश्चिम–राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी बजारमा उनी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका हो । उनी सवार बाइक धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकसगँ ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा शुक्लाफाँटा नगरपालिका– १० का भण्डारी र उनका भाइ नाता पर्ने करण ठगुन्ना पनि घाइते भएका थिए । दुर्घटनापछि गम्भीर घाइते भएका ललितको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको थियो ।

नेपालगञ्ज मेडिकल कलेजमा सिटीस्क्यान गर्दा टाउकोमा चोट नदेखिए पनि दायाँ हात र खुट्टामा भने गम्भीर चोट लागेको पारिवारिक स्रोतले जनाएको छ । उनको हात र खुट्टाको शल्यक्रिया गर्नुपर्ने बताइएको छ । यस्तै उनको कलेजोमा पनि समस्या देखिएको अस्पतालले जनाएको छ ।

कप्तान ज्ञानेन्द्रले ललितको उपचारका लागि राष्ट्रिय क्रिकेट टिमको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।

jackson ribon