नियमितरूपमा ब्रस नगर्नेको मुख र पेटमा क्यान्सर हुने

विराटनगर, २९ भदौ । दैनिक दाँत ब्रस गर्नेहरू मानिसहरूमा मुख र पेटमा क्यान्सरको जोखिम कम हुने एक अध्ययनले देखाएको छ ।

हावर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले २० वर्षसम्म गरेको एक अनुसन्धानमा दैनिक ब्रस नगर्नेहरूमा गिजा र पेटको क्यान्सर हुने सम्भावना बढी रहेको निष्कर्ष निस्किएको हो । गिजामा समस्याका हुने ४३ प्रतिशत मानिसमा घाँटीको क्यान्सर तथा ५२ प्रतिशत मानिसमा पेटको क्यान्सर हुने जोखिम बढ्ने हुन्छ ।

पहिल्यै दुई वा सोभन्दा धेरै दाँत गुमाएकाहरूमा क्यान्सरको जोखिम अझ बढी हुने अध्ययनको निष्कर्ष रहेको छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का अनुसार गिजा तथा दाँतमा देखिने समस्याको प्रमुख कारण राम्ररी तथा नियमितरूपमा दाँत सफा नगर्नु नै हो ।

सामान्यतया मुखमा पाइने ब्याक्टेरियाहरू र क्यान्सरबीचको सम्बन्ध रहेको अध्ययनमा देखाइएको छ । कमजोर मौखिक स्वच्छता र गिजाको रोगले क्यान्सर निम्त्याउने ब्याक्टेरियालाई बढावा दिन सक्छन् । यसअघि अमेरिकी अनुसन्धानकर्ताहरूले दाँतमा समस्या भएका मानिसहरूलाई पछिल्लो जीवनमा अल्जाइमर हुने जोखिम बढाउन सक्ने दाबी गरेका थिए ।

Loading...