चेल्सीलाई ब्राइटनको चुनौती

एजेन्सी, २९ भदौ । नयाँ सिजनको इंग्लिस प्रिमियर लिगमा आज चेल्सीले पहिलो खेल खेल्दैछ । नेपाली समयानुसार राति एक बजेबाट सुरु हुने खेलमा चेल्सीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ ।

ब्राइटनको मैदानमा हुने यो खेलमा दुवै टोली पहिलो जितको खोजीमा छन् । आज चेल्सीले यसै सिजन अनुबन्धित खेलाडीहरू मैदान उतार्ने छ । आज टिमो वेर्नर र काइ हाभर्ट्जले प्रिमियर लिगमा डेब्यू गर्नेछन् ।

फ्रान्क लाम्पार्ड नेतृत्त्वको टोली चेल्सीले यस सिजन हाकिम जियाच, बेन चिलवेल र थियागो सिल्भा पनि अनुबन्ध गरेको थियो । तर, जियाच र चिलवेल चोटका कारण तथा सिल्भा कमजोर फिटनेसको कारण आजको खेलमा हुनेछैनन् ।

यस्तै आजको अर्को खेलमा वुल्भस र सेफिल्ड युनाइटेडले खेल्नेछन् । यो खेल सेफिल्डको मैदानमा राति १०ः४५ बजेबाट सुरु हुनेछ ।

Loading...