birat ribon

कुलमानको पक्षमा कलाकार : ‘पुननियुक्तिका लागि पाँच मिनेट ब्लाक आउट गर्न आह्वान’

Neuro
कुलमानको पक्षमा कलाकार : ‘पुननियुक्तिका लागि पाँच मिनेट ब्लाक आउट गर्न आह्वान’

विराटनगर, २९ भदौ । नेपाल विद्युत प्राधिकारणबाट चार वर्षे कार्यकाल पूरा गरेर बिदा भएका प्रमुख कार्यकारी निर्देशक कुलमान घिमिङलाई पुननियुक्तिका लागि दबाब सिर्जना गर्न कलाकारहरुले आग्रह गरेका छन् ।

कुलमानलाई पुननियुक्तिको माग गर्दै कलाकारहरुले सोमबारबाट हरेक दिन बेलुका ८ बजेदेखि पाँच मिनेटसम्म बत्ती बन्द गरेर जनदबाव सिर्जना गर्न आग्रह गरेका हुन् ।

cura insider

हाँस्यकलाकार दीपकराज गिरी र चलचित्र निर्देशक प्रदीप भट्टराईले घिसिङलाई पुननियुक्तिका लागि सरकारलाई जनदबाब सिर्जना गर्न हरेक दिन पाँच मिनेट ‘ब्लाक आउट’ गर्न सामाजिक सञ्जालमार्फत् आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा कलाकार गिरीले लेखेका छन् ‘आदरणीय साथीहरू, कुलमानजीको पुननियुक्तिको लागि जनदबाबस्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता प्रकट गरौं ।’

jackson ribon