चिया पिउने मनिसहरू धेरै बाँच्छन् : अध्ययन

विराटनगर, २९ भदौ । बिहान उठ्नेबित्तिकै मानिसहरू आफ्नो दिनको सुरुवात चियाबाटै गरिरहेका हुन्छन् ।

चिया पिउनका लागि समय नचाहिने हुँदा अधिकांश मानिसहरू बिहान, दिउँसो, साँझमा गरी तीन पटक वा सोभन्दा धेरै पटक चिया पिउने गर्छन् । युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित गरिएको अध्ययनमा चियाको सेवन स्वस्थ र लामो जीवनसँग सम्बन्धित हुन सक्ने उल्लेख गरिएको छ ।

यस अध्ययनमा हार्ट अट्याक, स्ट्रोक वा क्यान्सरको इतिहास नभएको एक लाखभन्दा बढी सहभागीहरू समावेश गरिएको थियो । सहभागीहरूलाई हप्तामा तीन पटक वा धेरै चिया पिउने र हप्तामा तीन पटकभन्दा कम चिया पिउने गरी दुई समूहमा वर्गीकृत गरिएको थियो ।

हप्तामा तीन पटक वा धेरै चिया पिउने बानी भएका मानिसहरूमा चिया नपिउनेको तुलनामा कोरोनरी हृदय रोग र स्ट्रोकको विकास पाँच सय १४ दिनपछि हुने अध्ययनको निष्कर्ष रहेको छ । अध्ययनका लेखक, चिनियाँ एकेडेमी मेडिकल साइन्सेजको जिन्याङ वाङले चिया पिउने बानी भएका मानिसहरूमा मुटु रोग र स्ट्रोकको घटना २० प्रतिशत कम भएको पुष्टि गरेका हुन् ।

साथै, चिया पिउनेहरू अन्य कारणले हुने मृत्युको जोखिम १५ प्रतिशत कम हुने बताएका छन् । तर, अध्ययनमा ग्रीन टी पिउनेहरू कालो चिया वा चियाका अन्य किसिमहरूभन्दा लामो जीवन बिताउन सक्ने पत्ता लगाएको हो ।

ग्रीन टी पोलिफेनोलहरूको समृद्ध स्रोत हो जब कि कालो चियामा यी पोलिफेनोलहरू फर्मेन्टेसनको प्रक्रियाको कारण अक्सिडाइज्ड हुन्छन् र यसले उनीहरूको एन्टी–अक्सिडेन्ट्स प्रभावहरू गुमाउँछन् ।

Loading...