Rumpum

Rumpum Advertisement

बञ्चरो प्रहार गरी आमाकाे हत्या, छोरा पक्राउ

बञ्चरो प्रहार गरी आमाकाे हत्या, छोरा पक्राउ

दमक, २९ भदौ । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर एक युवाले आफ्नै आमाको हत्या गरेका छन् ।

बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले वताए ।

नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए । हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस