सडक दुर्घटनामा परी ललित घाइते

विराटनगर, २९ भदाै । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारी दुर्घटनामा परेका छन् । आइतबार राति ८ बजेतिर उनी सवार मोटरसाइकल ट्रकसँग ठाेक्किएकाे थियो ।

पूर्वपश्चिम-राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी बजारमा उनी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका हो ।

उनी सवार बाइक धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रकसगँ ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा शुक्लाफाँटा नगरपालिका- १० का भण्डारी र उनका भाइ नाता पर्ने करण ठगुन्ना पनि घाइते भएका छन् ।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

ठक्कर दिने ट्रक भने प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
भण्डारी लकडाउनका कारण घरमै रहेका थिए।

Loading...