Rumpum

Rumpum Advertisement

नेयमारसहित पाँच खेलाडीलाई रातो कार्ड, पीएसजी पराजित

नेयमारसहित पाँच खेलाडीलाई रातो कार्ड, पीएसजी पराजित

एजेन्सी, २९ भदौ । फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार दोस्रो हार ब्यहोरेको छ । आइतबार राति पीएसजीले मार्सेलीसँग १–० गोलको हार ब्यहोरेको हो ।

पीएसजीको मैदानमा भएको खेलमा मार्सेलीलाई जिताउन फ्लोरियन थाउभिनले निर्णायक गोल गरेका थिए । खेलको ३१औं मिनेटमा उनले गरेको गोल नै पीएसजीलाई हराउन निर्णायक बन्यो ।

खेलको इन्जुरी समयमा पाँच वटा रातो कार्ड देखाइएको थियो । झडप भएपछि पीएसजीका तीनसहित ५ खेलाडीलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।

पीएसजीका नेयमार, लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सेलीका जोर्डन अमावी र डेरियो बेनेडेटोलाई मैदान बाहिर पठाइएको थियो ।

करिब पाँच हजार दर्शकमाझ भएको सो खेल अवधिभर १७ वटा कार्ड रेफ्रीले देखाएका थिए । लिग वानको खेलमा यो कीर्तिमानी कार्ड संख्या हो ।