सिन्धुपाल्चोकमा भीषण पहिरो, ११ को मृत्यु, २० बेपत्ता

विराटनगर, २९ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ५ घुम्थाङमा सुरक्षित ठानिएकै दुई बस्तीमा भीषण पहिरो खस्दा ११ जनाको मृत्यु भएको छ। २० जना बेपत्ता भएका छन्।

घाइते ५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले आइतबार बिहान साढे ३ बजेतिर एक किलोमिटर माथिबाट आएको पहिरोले नागपुजे र भीरखर्कका १८ घर पुरिएको जानकारी दिए।

वडा सदस्य वीरबहादुर भण्डारी वडामा सुरक्षित मानिएको बस्तीमा पहिरोले वितण्डा मच्चाएको देख्दा अचम्मित भएको बताए । सोच्दै नसोचेको पहिरोले ठूलो जनधनको क्षति गराएको भण्डारीको भनाइ छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छ

Loading...