birat ribon

बस्ती स्थानान्तरण गर्न राष्ट्रपतिद्धारा ध्यानाकर्षण

Neuro
बस्ती स्थानान्तरण गर्न राष्ट्रपतिद्धारा ध्यानाकर्षण

विराटनगर, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको भौगोलिक संवेदनशीलता अध्ययन गरी जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् ।

Padelux insider
cura insider

राष्ट्रपति भण्डारीले भनिन् , “२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थिलथिलो बनेकोमा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ । त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु ।”
सिन्धुपाल्चोक जिल्लाका कतिपय गाउँमा पटक पटक पहिरो गई ठूलो मात्रामा जनधनको क्षति भएपछि राष्ट्रपतिले आइतबार सरकारको ध्यानाकर्षण गराउँदै सो आग्रह गरेको जानकारी उनको सचिवालयले दिएको छ ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटा आइतबार घटनास्थल पुगी त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा पहिरोले धेरै क्षति पु¥याएकाले भूगर्भविद्हरूले औंल्याएका जोखिमका बस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon