मोरङका संक्रमित पुरुषको धरानमा मृत्यु

विराटनगर, २९ भदौ । मोरङका कोरोना भाइरस संक्रमित पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारराति मृत्यु भएको छ ।

मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको उपचारका क्रममा राति ८ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उपचारका लागि प्रतिष्ठान लगिएका मृतकमा भदौ २६ गते संक्रमण पुष्टि भएको थियो । उनको स्वाब संकलन गरेर प्रतिष्ठानकै प्रयोगशालामा परीक्षण गरिएको थियो ।

अर्थो अवजरवेसन वार्डमा राखेर उपचार गराइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा कुनै पनि दीर्घ रोग रहेको नपाइएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले बताए ।

विराटनगर महानगरपालिका–१२ का ७० वर्षीय कोरोना संक्रमित वृद्ध पुरुषको पनि उपचारका क्रममा आइतबार दिउँसो प्रतिष्ठानमै मृत्यु भएको थियो ।

Loading...