Rumpum

Rumpum Advertisement

विश्वमा संक्रमित संख्या दुई करोड ९१ लाख बढी

विश्वमा संक्रमित संख्या दुई करोड ९१ लाख बढी

विराटनगर, २९ भदौ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ९१ लाख बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ४१ हजार एक सय ४१ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या दुई करोड ९१ लाख ७२ हजार छ सय २५ पुगेको हो । कोरोनाका कारण हालसम्म विश्वमा नौ लाख २७ हजार नौ सय २३ जनाको मृत्यु भएको छ । एकै दिन तीन हजार आठ सय ४२ जनाले ज्यान गुमाए ।

दुई करोड १० लाख १५ हजार आठ सय ९६ जना उपचारपछि घर फर्किएका छन् । ७२ लाख २८ हजार आठ सय छ जना उपचाररत रहेकोमा ६० हजार आठ सय ७४ जनाको अवस्था चिन्ताजनक छ ।

अमेरिकामा संक्रमित संख्या ६७ लाख सात हजार ३६ पुगेको छ । एक लाख ९८ हजार चार सय ७४ संक्रमितले ज्यान गुमाइसकेका छन् ।

३९ लाख ७१ हजार चार सय ६४ जना उपचारपछि घर फर्किए । २५ लाख ३७ हजार ९६ जना उपचाररत रहेकोमा १४ हजार तीन सय ३६ जनाको अवस्था गम्भीर छ ।

भारतमा एकै दिन ९३ हजार दुई सय १५ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ४८ लाख ४५ हजार तीन पुगेको छ । ७९ लाख सात सय ५४ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार एक सय ४० जनाको मृत्यु भयो ।

३७ लाख ७७ हजार ४४ जना उपचारपछि घर फर्किएका छन् । नौ लाख ८८ हजार दुई सय पाँच जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब छ ।

ब्राजिलमा हालसम्म संक्रमित संख्या ४३ लाख ३० हजार चार सय ५५ पुगेको छ । एक लाख ३१ हजार छ सय ६३ जनाले ज्यान गुमाए ।

३५ लाख ७३ हजार नौ सय ५८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । छ लाख २४ हजार आठ सय ३४ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

रसियामा संक्रमिमत संख्या १० लाख ६२ हजार आठ सय ११ पुगेको छ । १८ हजार पाँच सय ७८ जना संक्रमितको मृत्यु भइसक्यो । आठ लाख ७६ हजार दुई सय २५ जना उपचारपछि निको भएका छन् । एक लाख ६८ हजाुर आठ जना उपचाररत छन् ।