Rumpum

Rumpum Advertisement

रोड्रिग्वेजको डेब्यू खेलमा इभर्टनको जित, टोटनह्याम पराजित

रोड्रिग्वेजको डेब्यू खेलमा इभर्टनको जित, टोटनह्याम पराजित

एजेन्सी, २८ भदौ । इंग्लिस प्रिमियर लिगमा इभर्टनले सुखद सुरुआत गरेको छ । आइतबार राति सिजनको पहिलो खेल खेलेको इभर्टनले टोटनह्याम हटस्परमाथि १–० गोलको जित निकालेको हो ।

टोटनह्यामको मैदानमा भएको खेलमा इभर्टनलाई जिताउन डोमिक काल्भर्ट–लेविनले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५५औं मिनेटमा लेविनले गोल गर्दै इभर्टनलाई पहिलो जित दिलाए ।

यस खेलबाट कोलम्बियन स्टार जेम्स रोड्रिग्वेजको प्रिमियर लिगमा डेब्यू गरेका छन् ।

प्रशिक्षक कार्लो एन्सलोट्टीको नेृतृत्त्वमा उनले तेस्रो पटक डेब्यू गरेका हुन् । यसघि उनले रियल मड्रिड र बायर्न म्युनिखबाट उनकै नेतृत्त्वमा डेब्यू गरेका थिए ।

टोटनह्यामविरुद्ध उनी प्लेइङ ११ मै रहेर खेलेका थिए । खेलकाे इन्ज्युरी समयमा उनको स्थानमा टोम डेभिज मैदान प्रवेश गरेका थिए ।

यता, इभर्टनले टोटनह्यामलाई हराउँदै ३ अंक जोडेको छ ।