लेस्टर सिटीको सहज जित, भार्डीको दुई गोल

एजेन्सी, २८ भदौ । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले सुखद सुरुआत गरेको छ । आइतबार भएको सिजनको पहिलो खेलमा लेस्टरले वेस्ट ब्रोममाथि ३–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको हो ।

नव प्रवेशी क्लब वेस्ट ब्रोमको मैदानमा भएको खेलमा लेस्टरलाई जिताउन जेमी भार्डीले दुई गोल गरे भने टिमोथी कास्टाग्नेले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५६औं मिनेटमा कास्टाग्नेले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए । ७४औं मिनेटमा लेस्टरले पेनाल्टीको मौका पाएको थियो, जसमा भार्डीले गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए ।

त्यसको १० मिनेट नबित्दै लेस्टरले पुनः पेनाल्टीको मौका पायो । जसमा फेरि भार्डीले गोल गर्दै लेस्टरलाई ३–० गोलको जित दिलाए ।

जितसँगै लेस्टरले ३ अंक जोडेको छ ।

Loading...