काठमाडौं महानगरका मेयर शाक्य कोरोना संक्रमणमुक्त

काठमाडौं महानगरका मेयर शाक्य कोरोना संक्रमणमुक्त

काठमाडौं, २८ भदौ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् ।

शनिबार स्वाब दिएका मेयर शाक्यको आइतबार रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

उनलाई १५ भदौमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि केही दिन प्रमुख शाक्य कामपा वडा नं १९ लगनटोलस्थित निजी निवासमा आइसोलेशनमा बसेका थिए ।

केही दिनपछि उनी पत्नी र छोरासहित पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको आइसोलेशन सेन्टरमा सरेका थिए ।

अब कोरोनामुक्त भएसँगै शाक्य केही दिन निवासमै आरामपछि नियमित काममा फर्किने सचिवालयका मोहन बास्तोलाले जानकारी दिए ।