विराटनगर, २८ भदाै । कोरोना संक्रमणका कारण विराटनगरका थप एक पुरुषको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर महानगरपालिका – १२ का ७० वर्षीय
पुरुषको मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि वृद्धलाई विराटनगरको म्याक्स अस्पतालले रेफर गरेकको थियो ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएका वृद्धलाई १६ भदौमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । उनलाई १७ भदौमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।
उपचारका क्रममा आइतबार दिउँसो सवा २ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
शनिबार विराटनगर ८ का ६९ वर्षीय वृद्धको मृत्यु भएको थियो । यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ४७२ छ ।