असोज १ गते घरघरमा दीपावली गर्न आह्वान

विराटनगर, २८ भदौ । स्वास्थ्य सेवा विभागका उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले आगामी १ असोजमा घरघरमा दीपावली गर्न आह्वान गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा १ असोजमा मनाइने विश्व बिरामी सुरक्षा दिवसमा घरघरमा दीपावली गर्न आग्रह गरेका हुन् ।

केन्द्र, प्रदेश र स्थानीयस्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि आह्वान गर्दै मनाइने डा. पोखरेलले जानकारी दिए । बिरामी दिवस यस वर्ष स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरिएको उनको भनाइ छ ।

‘सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन उनले आश्वान गरे । उनले असोज १ गते साँझ ८ बजे सम्पूर्ण देशबासीलाई दीपावली गरेर स्वास्थ्यकर्मी र बिरामीको मनोबल बढाउन आह्वान गरे ।

यस्तै कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्ने र मृत्यु भएका संक्रमितको चीर शान्तिको कामनाका साथ मौनधारण गर्दै यो दिवस मनाउन उनको आग्रह छ ।

Loading...