‘सन्की’मा शाहरुख र दीपिकाको जोडी

विराटनगर, २८ भदौ । बलिउडमा शाहरुख खान र दीपिका पादुकोणको जोडी पुनः एकपटक पर्दामा देखिने भएको छ ।

तमिल निर्देशक एटली कुमारको नयाँ फिल्म ‘सन्की’मा शाहरुख र दीपिकाको जोडी देखिने भएको हो ।

भारतीय मिडियाका अनुसार ‘सन्की’मा काम गर्न शाहरुख र दीपिका दुवै उत्साहित छन् । दीपिका र शाहरुखलाई फिल्मको कथा एकदमै मन परेको बताइएको छ ।

‘सन्की’ फिल्मको छायांकन २०२१ को सुरुआतमा हुने भएको छ । २०१८ मा ‘जीरो’ पछि शाहरुखके कुनै फिल्म साइन गरेका थिएनन् ।

‘सन्की’सहित शाहरुख अन्य दुई फिल्ममा समेत अनुबन्धित भएको बताइन्छ ।

शाहरुखले ‘ओम शान्ति ओम’ बाट दीपिकालाई बलिउडमा डेब्यु गराएका थिए । त्यसबाहेक शाहरुख र दीपिकाले ‘चेन्नई एक्सप्रेस’ र ‘ह्याप्पी न्यू ईयर’ मा सँगै काम गरिसकेका छन् । 

Loading...